arrow

सुस्त मनस्थितिकी ११ वर्षकी बालिका बलात्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
child-rape.jpg

गोरखा । गोरखामा एक सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छन् । माछाखोलाकी ११ बर्षकी बालिकालाई मंगलबार साँझ एक सवारी चालकले बलात्कार गरेको बताइएको छ ।

चकलेट र पैसाको प्रलोभन देखाएर ललाइफकाइ बालिकालाई बलात्कार गरेको अभिभावकले जनाएका छन् ।

अभिभावकका अनुसार खाना खाने बेलामा बालिका र चालक संगै हराएका थिए । खोजतलास गर्दा एकछिनपछि दुवै जना संगसंगै बाहिर निस्किएका थिए । बच्चाले अल्लि असजिलो ब्यबहार गरेको र कोठाभित्र लगेर सोधपुछ गर्दा बलात्कार भएको पाइएको अभिभावको भनाइ छ ।

बुधबार बिहान मात्र अभिभावकले प्रहरीचौकी माछाखोलालाई खबर गरेका थिए । अभिभावकको निवेदन परेपछि चालक बूढानलीकण्ठ १३ कपन काठमाडौँका २७ बर्षका रितेश क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरी चौकीका असई रुद्र थापाले बताए ।

बुधबार सम्पर्कमा आएकी पीडित बालिकाको मेडिकल चेकजाँच गरिएको र बिहीबार मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ