arrow

सांसद बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न प्रहरीको आलटाल, २५ लाखसमेत लिएको पीडितको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
mohan-baniya-samsad-lumbini.jpg

जुम्ला । बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँवरिुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । पीडित महिलाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन ।

पीडित महिलाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको विषयमा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन् । उनले  भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’ 

जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने बहालवाला सांसद विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । 

अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँचसमेत भइसकेकाले मुद्दा दर्ता हुनेमा शंका नगर्न पीडितलाई आश्वासन दिएको छ ।  

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले  घटना दर्ता  गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने बताए ।  

बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छ – पीडित
पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँसमेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन । 

सांसद बानियाँले आफू काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफूसँग पैसा मागेको उनले बताइन् । उनले भनिन्, लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेकसमेत दिएका थिए । तर, बैंकमा चेक नसटेपछि नगद मागेको थिएँ ।’

बानियाँले नेपालगञ्जमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । ‘नेपालगञ्जको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बाध्य पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे ।’ उनले भनिन् । 

बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबाट संघीय सांसद बनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ