पर्यटन प्रवर्द्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
600
Shares
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रवर्द्धन गर्न नयाँ आकर्षण आवश्यक भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीस्थित अर्चलबोट आमा समूहको सामुदायिक बहुउद्देश्यीय भवन शिलान्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रवर्द्धन गर्न नयाँ आकर्षण आवश्यक भएको बताए ।
गाउँको विकासका लागि स्थानीयले आफ्नो माटो सुहाउँदो फलफूल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने उनले स्पष्ट पारे ।
मन्त्री बरालले सडक सञ्जाल विकासको आधार भए पनि समयमै सडक तथा बाटो खन्दा ध्यान दिन नसक्दा केही ठाँउमा विकाससंगै विनास बाढी तथा पहिरो समेत जाने गरेको दाबी गरे ।
अर्चलवोट आमा समूहकी अध्यक्ष रमा बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मात्रिका प्रसाद बराल, नेकपा एमालेका अध्यक्ष राजेन्द्र अधिकारी, नेपाली कांग्रेसका सभापति हुमप्रसाद बराल, उपसभापति षडानन्द बराल, माओवादी केन्द्र अध्यक्ष नवराज बराल, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष गणेश बहादुर गुरुङ, कञ्चन कम्यूटरका संचालक चिन्त्तामणि बाँस्तोला, प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का, भँयरथान टोल विकास संस्थाका अध्यक्ष भगवान बाँस्तोला समूहका सदस्य रञ्जना ढुंगाना बाँस्तोला लगायतले बोलेका थिए ।