arrow

राजुको ‘काफल चरी’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
24524244.JPG

काठमाडौं । गायक राजु परियारको पछिल्लो गीत ‘काफल चरी’ सार्वजनिक भएको छ । गीतमा राजु परियार र मेलिना राईको स्वर रहेको छ । प्रकाश सापकोटाको लय तथा शब्द रहेको गीतमा बीबी अनुरागीको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ । 

गीतको भिडियो महेन्द्र निरौलाको निर्देशनमा तयार भएको छ । जसमा सीमा ढकाल र विजय गिरीको अभिनय रहेको छ । देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतमा प्रकाश खड्काको छायाँङ्कन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।
 
गीत टुलमुन म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा दुई जोडीको मायाप्रेमको कथालाई दोहोरी गीतमा समावेश गरिएको गीतकार प्रकाश सापकोटाले जनाएका छन् । 

टुलमुन म्युजिकले यो भन्दा अगाडि पनि प्रमोद खरेल, कृष्ण काफ्ले र शितल मोक्तानको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ