arrow

न्यायाधीश नियुक्ति गर्न बोलाइएको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
court-news-bb.jpeg

काठमाडौं ।  न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित भएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ