बेलायतले २१ लाख डोज खोप पठाउँदै, ८ लाख नेपाल आइपुग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
529
Shares
काठमाडौं । बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २१ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको छ ।
सो अन्तर्गतको ८ लाख डोज खोप आज (सोमबार) नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिएकी छन् । बाँकी ३ लाख डोज खोप चाँडै आइपुग्ने राजदूत पोलिटले बताएकी छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिँदै लेखेकी छन्, 'यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ।'