arrow

रहिनन् लता मंगेशकर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
Lata-Mangeshkar.jpg
तस्बिर– फाइल

काठमाडौंं । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

२९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर निमोनिया निको नहुँदा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

लता गत महिनाको शुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई तीन दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पूजा गरेका थिए ।

पशुपतिनाथमा समेत आएर उनको नाममा पूजा भएको थियो । 

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् ।

उनले ३६ भाषामा ५० हजार गीत गाएकी थिइन् । यो विश्वकै रेकर्ड हो । करिब एक हजार बढी चलचित्रमा उनले आवाज दिएकी थिइन् । यो सबै सन् १९६० देखि २००० सम्मको कुरा थियो । 

उनले सन् २०१५ मा अन्तिम गीत चलचित्र डुन्नो वायमा गाएकी थिइन् । उनी करिब ८० वर्ष संगीतमा रहिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ