नयाँ विग बनिन् तेजस्वी, सिद्धार्थ शुक्लालाई श्रद्धाञ्जली
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
312
Shares
काठमाडौं । भारतको लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’ को उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् । आइतबार राति भएको फिनालेमा तेजस्वी विजेता बन्न सफल भएकी हुन् ।
प्रतीक सहजपाल फस्ट रनर अप र करण कुन्द्रा सेकेण्ड रनर अप बने । फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच कडा प्रतिष्पर्धा भएको थियो ।
तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका संचालक सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।
अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले बाजी मारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’ को नयाँ नागिन’ घोषित भइन् ।
तेजस्वीले बिग बोस जितेसँगै ट्रफीका साथ ४० लाख रुपैयाँ पुरस्कार पनि जितिन् ।
बिग बोस १५ को फिनालेमा बिग बोस १३ का विजेता दिवंगत कलाकार सिद्धार्थ शुक्लालाई नृत्यको माध्यमबाट श्रद्धाञ्जली दिइएको थियो । उनलाई उनकी प्रेमिका शहनाजले नृत्यमार्फत श्रद्धाञ्जली दिएकी हुन् ।
शहनाजले यही गीतमार्फत सिद्धार्थसँगको सिजन १३ को यात्राबारे याद गरेकी थिइन् । उनको उक्त नृत्य हेरेर दर्शकहरु भाबुक भएका थिए ।