arrow

जो दश वर्षको निराशापछि फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
Bobby-Deol-Net-Worth.jpeg

काठमाडौं । बलिउडबाट करिब हराइसकेका बलिउड अभिनेता बबी देवल पुन: फर्किए । बबीसँग दश वर्षसम्म काम थिएन। निराश बबीलाई सलमानले रेस ३ मा ब्रेक दिएका थिए। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा बबी देवलले 'मैले हारेको तर मेरो परिवारले मलाई छोडेनन्' भनेका छन् । तर, यतिका वर्षहरूमा बबीले कसैसँग काम मागेनन् । सन् २०१६ मा बबी दिल्लीको एक नाइट क्लबमा डिजे पनि बनेका थिए।

पछिल्लो १० वर्षदेखि चलचित्रको खोजीमा रहे पनि निर्माताले उनलाई लिन चाहेका थिएनन् । सोही कारण उनी डिप्रेसनको शिकार पनि भएका थिए ।  दाजु सनी देवलले अन्तर्वार्ता दिँदा बबीसँग जोडिएको प्रश्न सुनेर  भावुक हुँदै रुन्थे।

१० वर्षदेखि बबीले चलचित्र नपाएकोमाथि  सनीले भनेका थिए 'हाम्रो परिवार निकै बलियो छ हामी सबै एक साथ छौँ ।  जब कसैलाई समस्या हुन्छ तब नरमाइलो लाग्छ ।' बबीले सन् २०१३ मा रिलिज भएको चलचित्र  'सिंह साहब द ग्रेट' मा अभिनय गरेका थिए । तर यसमा पनि उनको खास भूमिका थिएन ।

तीनै बबीले हिजो आफ्नो  ५३ औं जन्मदिन मनाए। बबी देवलले फिल्म ‘बरसात’ बाट मुख्य कलाकारको रूपमा आफ्नो करियर शुरुआत गरेका थिए । यद्यपि यसअघि उनी चलचित्र धर्मवीरमा बाल कलाकारको भूमिकामा पनि देखिएका थिए । 

बबी देवलले आफ्नो पहिलो फिल्म बरसातका लागि फिल्म फेयर वेस्ट मेल डेब्यु अवार्ड पनि पाएका थिए । यो फिल्मपछि उनले ‘सोल्जर’, ‘बादल’, ‘बिच्छु’, 'हमराज' र ‘अजनबी’ जस्ता धेरै हिट फिल्म दिए, तर एक समय बबी देवलले काम पाउन पनि छाडेका थिए । यो उनको करियरको सबैभन्दा खराब अवधि थियो। बबी देवलले एक अन्तर्वार्तामा सलमान खानको सल्लाहले आफ्नो करियरलाई ट्र्याकमा पुर्‍याएको बताएका छन् ।

बबीले निर्माताहरूसँग भेट गर्न थालेँ तर उनीहरूले कामको भोक देखेनन्। तब बबी देवलको अवस्था देखेर सलमान खानले सल्लाह दिए , ' मेरो खराब समयमा तपाईँको दाजु सनी देवल र र सञ्जय दत्तले मलाई सहारा दिएका थिए । तपाईँले पनि अन्य कलाकारहरूसँग काम गर्नुभयो भने राम्रो हुनेछ।'

बबी देवलले सलमानको कुरालाई गम्भीरताका साथ लिएर भने 'मलाई तपाईँ साथ दिनुहोस्।' निराशामा डुबेका बबीलाई रेस ३ मा सलमानले ब्रेक दिएका थिए । जसपछि उनको करियर बिस्तारै ट्र्याकमा आउन थाल्यो । पछि उनको वेब सिरिज आश्रम आयो जुन हिट साबित भयो । यस शृङ्खलाको पहिलो र दोस्रो भागलाई दर्शकले निकै रुचाएका थिए । अब दर्शकहरू आश्रम पार्ट ३ को प्रतीक्षामा छन् ।

बबीले आफ्नो करियर सुरु गरेको एक वर्षमै तान्यासँग विवाह गरे । तान्या एक ठूलो व्यापारिक घरानाकी  हुन् ।  उनकी श्रीमती तान्याले उनलाई कठिन समयमा आर्थिक सहयोग गरिन् ।

बबी करोडौँको सम्पत्तिका मालिक हुन् । बबीले हाइ प्रोफाइलको रेस्टुरेन्ट पनि चलाउँछन् । उनका मुम्बईमा दुई वटा चाइनिज रेस्टुरेन्ट छन् । बबीको रेस्टुरेन्टको नाम समप्लेस एल्स हो। यसबाहेक अर्को रेस्टुरेन्टको नाम ‘सुहाना’ हो । बबीको मुम्बईको जुहुमा एउटा लग्जरी घर छ । 

बबीकी श्रीमती तान्याको ‘द गुड अर्थ’ नामबाट आफ्नै फर्निचर र घर सजावटको व्यवसाय छ । तान्या डिजाइनरको रूपमा आफ्नो काम राम्रोसँग गरिरहेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ