arrow

तीन केटा साथीहरुलाई कुटेर किशोरीको अपहरणपछि करणी, दुई जना पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ माघ ८ शनिबार
arrest1.jpg

नेपालगञ्ज । बाँकेमा १८ वर्षीया किशोरीको अपहरणपछि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो ।

किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसँग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ