arrow

ब्राउन सुगर खाँदै गर्दा रंगेहात पक्राउ परेका वडाध्यक्ष थारु पार्टीको कारबाहीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
tharu-drug.PNG

नेपालगन्ज । ब्राउन सुगर खाँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई उनी आबद्ध पार्टी नेकपा एमालेले कारबाही गर्ने भएको छ । 

एमाले बैजनाथ गाउँ कमिटीको बैठकले  उनलाई कारबाहीका लागि सिफारिस गरेको छ । एमाले बैजनाथ गाउँ कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले पूर्व जिल्ला सदस्य समेत रहेका थारुलाई कारबाही नगर्दा पार्टीलाई नोक्सान हुने ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

 उनी हिजो अन्य तीन जनासहित ब्राउन सुगर खाँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरले धेरै पहिलेदेखि उनको बारेमा 'कम्प्लेन' रहेको बताएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ