arrow

बालिका करणी गर्ने शिक्षक समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
Child-rape.jpg.jpeg

काठमाडौं ।  बालिकालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । खोटाङकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ परेका हुन् । 
 
भाषा आधारभूत विद्यालय खार्पाका शिक्षक ३१ वर्षीय किशोर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि बालिकालाई पटक पटक करणी गरि गर्भवती बनाएको आरोप छ ।  बालिकाको स्वास्थ्य परीक्षणमा २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले आरोप लगाएका छन्  । 

बालिकाको बाबुले उजुरी दिएपछि पोखरेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ । अदालतबाट  ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ