महामारीको समय अर्बपतिहरुको सम्पत्ति दुई गुणाले बढ्यो
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
388
Shares
काठमाडौं । विश्वभर कोभिड-१९ महामारी फैलिएकै समय विश्वका धनाढ्यहरूको कुल सम्पत्ति दुई गुणाभन्दा बढीले बढेको छ। परोपकारी संस्था अक्सफामका अनुसार सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुणाभन्दा बढी भएको हो ।
महामारीका बेला दिनैजसो एउटा नयाँ अर्बपति थपिएको अक्सफामले जनाएको छ । बीबीसीका अनुसार सो सूचीमा इलोन मस्क, जेप बेजोस, बर्ना आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट रहेका छन्।
सबैभन्दा धेरै मस्कको सम्पत्ति बढेको छ । उनको एक हजार प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै गेट्सको ३० प्रतिशत मात्र वृद्धि भएको छ।