arrow

मेलिनाको 'फूलहरू मगमग' मा सृजनाको बेजोड अभिनय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
melina-song.png

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको फूलहरू मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् । 

कन्चन थलङ लिम्बुको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको छ । 

प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायाङ्कन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ । 

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रङ्गकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् । 

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुली सकेकी सृजनालाई थ्रिएटर, रङ्गमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुद पनि गीत सङ्गीत कर्मबाट निकै खुशी छिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ