arrow

९० वर्षे वृद्धालाई करणी गरेको आरोपमा ३३ वर्षे युवामाथि मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
arrest1.jpg

काठमाडौं । इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने वृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीया वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।

लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् । अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए । 

एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु वृद्धालाई  अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।

लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ