प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ पुष २८ बुधबार
617
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईको मन्त्रिपरिषद् बैठकले सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सर्लाही निवासी अन्सारी यसअघि युएनमा कार्यरत थिए ।
साथै प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ । केन्द्रमा प्रदेशका जनप्रतिनिधि देखि कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने छ। केन्द्र मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ ।
विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएको हो ।