arrow

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
deuba-modi.jpeg

काठमाडौं । पुस २६ देखि २८ गतेसम्म भारतको गुजरात राज्य स्थित गान्धी नगरमा हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । गुजरात सरकारले बढ्दो कोरोना भाइरसको संक्रमणलाई लिएर पछि धकेलिएको जानकारी दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १० मा उद्घाटन गर्ने भनिएको सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुने कार्यक्रम रहेको थियो ।

बुधबार मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको भ्रमण अनुमोदन समेत गरिसकेको अवस्थामा बिहीबार गुजरात सरकारले उक्त समिट स्थिगित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ