arrow

गाँजासहित रसुवाका एक किशोर पोखराबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
pakrau9.jpg

पोखरा । कास्की प्रहरीले लागु औषध गाँजासहित एक किशोरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रसुवाको नौकुण्ठ गाउँपालिका वडा नं. ५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकबाट उनी पक्राउ परेका हुन् ।

उनको साथबाट करिब एक किलो पाँच सय ग्राम अवैध लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

बा३ख ८४५७ नम्बरको हायस गाडी चेक जाँच गर्ने किशोरको साथबाट गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ