काठमाडौं । ‘सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् ।
गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् ।
विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।
तीन दशकदेखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्यालबाट हेरी लगायत गीतहरू चर्चित छन् ।