नेपाली रक ब्यान्ड आश्रा कुँवर एण्ड प्यारावल्सले इजिप्टमा साङ्गीतिक प्रस्तुति दिने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
1.6k
Shares
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन (क्वार्टर फाइनलिस्ट) आश्रा कुँवर र उनको ब्यान्ड ‘आश्रा कुँवर एण्ड प्यारावल्स ब्यान्ड’ले यस बर्ष २०२२ जनवरीमा बिश्व म्यूजिकल थिएटर इजिप्टमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
उक्त सांगीतिक कार्यक्रममा विभिन्न तीस भन्दा बढी देशको प्रतिनिधित्व गर्दै आएका संगीतकर्मीले आ-आफ्नो सांगीतिक कोशेली प्रस्तुति दिनेछन् भने कार्यक्रमको शोभा बढाउन इजिप्टका प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ।
यसै क्रममा नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै आफू र आफ्नो ब्यान्डले सहभागिता जनाउन पाउँदा आफूलाई ज्यादै हर्षित हुनुको साथै आफूलाई अझ बढी जिम्मेवारी थपिएको महसुस गरेको बताइन्।
बिश्व म्यूजिकल थिएटर इजिप्टमा आश्रा कुँवर र उनको ब्यान्डको सहभागिताले नेपालको गीतसंगीत ,कला र संस्कृति विश्वले अझै नजिकबाट चिन्न सक्नेछ त्यस्तै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण सहयोग पुग्नेछ।