पोखरा । पोखरा महानगरपालिका वडा नंं ११ रानीपौवाकी जमुना मुढवरीले होण्डा मोटरसाइकलको एक लाख रुपैयाँको पुरस्कार जितेकी छन् ।
‘होण्डा छ साथमा’ २०७८ दशैं तिहार विक्री योजना अन्तर्गत उनले डियो स्कूटर किनेकी थिइन् । सोही योजनामा लक्की ड्रमार्फत जमुनाले एक लाख रुपैयाँ जित्न सफल भएकी हुन् ।
उक्त रकम बिहीबार आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, कार्यक्रमका अध्यक्ष खेमबहादुर थापा, स्याकर कम्पनीका गण्डकी प्रदेश विक्री प्रवन्धक विक्रम भट्टराई लगायतले जमुनालाई हस्तान्तरण गरे ।
उक्त अवसरमा कांग्रेसका सचिव ढकालले होण्डाको मोटरसाइकल तथा स्कूटरहरु नेपालीले अत्यधिक रुचाउने बताए । उनले सवारी साधन जति पनि दर्ता गर्न दिने सरकारले सोही बमोजिमको सडक विस्तारमा ध्यान दिन नसकेको आरोप लगाए ।
कार्यक्रममा स्याकर कम्पनीका गण्डकी प्रदेशका विक्री प्रवन्धक विक्रम भट्टराई, पुरस्कार विजेता मुढवरी, होण्डा शोरुम पोखरामा म्यानेजर विष्णुप्रसाद दाहाल, सिनियर लेखा प्रमुख सुजन पोखरेल लगायतले बोलेका थिए ।
कम्पनीले नेपालका सात वटै प्रदेशमा ‘होण्डा छ साथमा’ २०७८ दशैं तिहार विक्री योजना अघि सारेको थियो । योजना भाद्र २७ देखि मंसिर १४ गतेसम्म सञ्चालन गरेको थियो ।
यो योजनामा ३० हजार मोटरसाइकल र स्कूटर विक्री भएको बताइएको छ । होण्डाका मोटरसाइकल तथा स्कूटहरु नेपालमा २०५३ सालदेखि विक्री शुरु भएको हो ।