arrow

राजेश खन्नाको स्टारडम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
rajesh-khanna.jpg

काठमाडौं । राजेश खन्ना भारतीय सिनेमाका पहिलो सुपरस्टार हुन् ।  राजेश खन्ना एक कलाकार मात्र नभई एक स्टार थिए जसको स्टारडमबाट सबै पागल बनेका थिए । युवतीहरू उनको एक झलक पाउनको लागि तड्पी रहन्थे। 

राजेश खन्नाको सुपरस्टारडम लामो समय भने चलेन । तर जसरी छोटो समयमै उनलाई दर्शकहरूले चाहे , उनलाई लिएर जो पागलपन थियो, त्यस्तो सायद हिन्दी फिल्मका कुनै पनि अभिनेताको भाग्यमा रहेन । १९४२ डिसेम्बर २९ मा भारतको अमृतसरमा जन्मिएका राजेश खन्नाको आज जन्मदिन हो ।

राजेश खन्ना माथि लेखिएको किताब 'द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार' मा लेखक यासिर उस्मान लेख्छन्- "बंगालमा एक बुजुर्ग महिला थिइन् । उनलाई मेलै सोधे - 'राजेश खन्ना के थिए तपाईको लागि ?' उनले भनिन्-'तपाई बुझ्नुहुन्न् । जब हामी उनको फिल्म हर्थियौ तब हाम्रो र उनको बकैदा डेट भैरहेको हुन्थ्यो ।''

राजेश खन्ना चलचित्र मात्र नभएर उनको स्टाइल, उनको रङिन शर्ट लगाउने तरीकाले दर्शकलाई आकर्षित गरेको थियो । उनले परेलालाई हल्का झुकाएर गर्दन बाङ्गो पार्दै हेर्दा दर्शक भुतुक्कै हुन्थे । यी सबैले उनलाई अन्य स्टार्स भन्दा अलग बनाएको थियो । जब उनको सेतो कार कतै रोकिन्थ्यो तब युवतीहरूको लिपस्टिकको रङबाट उनको गाडीलाई चुम्बन गरेर गुलाबी बनाउँथे ।  यति मात्र हैन राजेश खन्नाको गाडीको धूलले युवतीहरू आफ्नो सिउँदो सजाउँथे । उनीहरूले राजेशलाई आफ्नो श्रीमान् मान्थे।

राजेश खन्ना जस्तो स्टारडम पाउने स्टार न बलिउडमा कहिले बने न कहिले बन्ने सम्भावना नै छ । राजेश खन्नाको बारेमा एक किस्सा पनि छ, उनी अहङ्कारी थिए र सेटमा सधैँ ढिलो जान्थे । राजेश खन्नाले कहिले कुनै चीजको लागि आफ्नो लाइफ-स्टाइल बदलेनन् । उनी सेटमा तब आउँथे जब उनको मन गर्दथ्यो । यसका बाबजुद पनि चलचित्रका निर्माता र निर्देशक आफ्नो चलचित्रमा खेलाउन लाइन लग्दथे।

राजेश खन्नालाई राष्ट्रिय पहिचान फिल्म 'आराधना' बाट मिलेको हो । राजेश खन्नाको ६९ देखि ७५ सम्मको जुन समय थियो त्यसको तुलना कसैसँग गर्न सकिन्न ।  राजेश खन्नाको लोकप्रियता जहाँसम्म थियो त्यहाँ सम्म कुनै अभिनेताको पुगेनन् र सायद पुग्ने छैन । यसको कारण थियो मानिसहरू उनीमा आफेलाई देख्थे र उनको मुस्कान युवतीहरूलाई निकै आकर्षित गर्दथ्यो ।

राजेश खन्नाले आफ्नो बलिउड करियरमा १८० भन्दा ज्यादा फिल्महरूमा अभिनय गरे । उनको १९६६ मा रिलिज भएको फिल्मबाट  बलिउडमा पाइला राखेका थिए । यसपछि उनको सुपरस्टार बन्ने यात्रा सुरु भयो ।

भनिन्छ संसारमा हरेक राम्रो मानिसको क्रम सधैँ त्यस्तै रहँदैन यति चर्चामा रहेका राजेशको पनि त्यस्तै भयो । उनी सफलताको शिखरलाई राम्ररी सम्हाल्न सकेनन् र गुमनाम भएर जीवको अरू समय बिताए ।

सन् २०१२ अगस्ट १८ मा उनले संसारबाट बिदा लिए । उनको अन्तिम यात्रामा पनि मानिसहरूमा त्यही उन्माद देखिएका थिए जुन १९७० मा उनले स्टारडम हासिल गरेपछिको थियो । अभिनेताको अन्तिम यात्रामा उनीसँग बेग्लै रहेकी पत्नी डिम्पल कपाडिया, उनकी कान्छी छोरी रिकी र ज्वाइँ अक्षय कुमार उनीसँगै रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ