arrow

दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
Rape-Cases.jpg

सप्तरी । दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले तीन आरोपितलाई आज पक्राउ गरेको छ । बलात्कार प्रयासको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी जनाएको छ ।

बलात्कार प्रयास गरेको भन्दै पीडितका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ ९ गते संयुक्त उजुरी दिएका थिए । पीडितका अनुसार लहरनियास्थित पूर्वपश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैँचामा भदौ ६ गते राति आरोपितले बलात्कार प्रयास गरेका हुन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर किशोरी फर्किँदै थिए । डोरीको पासो लगाइ आरोपितले  बलात्कार प्रयास गरेपछि उनीहरू भागेर गाउँ पुगेको पीडितले बताए । 

इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते नै उजुरी दर्ता गरेको र पक्राउ परेका आरोपितलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ