arrow

मृत भेटिएका एसएसपी यादवका परिवारलाई गृहमन्त्रीले भेटे, मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
balkrishna-bhairawa.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रबार साँझ  घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो  ।

गृहमन्त्री खाँणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता बसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतक यादव यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा समेत प्रवक्ताको रूपमा  कार्यरत थिए। उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन्।

यादव बढुवामा पटक पटक पेलिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। पछिल्लो पटक डीआइजीमा बढुवाको पर्खाइमा रहँदा उनी परेका थिएनन्। त्यस बखत उनले आफू प्रति अन्याय भएको भन्दै निकटकाहरुसँग गुनासो गर्ने गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ