arrow

पोखरामा अरुण सुनार जिताऔं अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
Arun Sunar.jpg

पोखरा । ग्यालेक्सी फोके टेलिभिजनद्धारा आयोजित वाल प्रतिभाको खोजी अभियानको रियालिटी शो सारेगमप लिल च्याम्प्समा उत्कृष्ट सातमा पर्न सफल अरुण सुनारलाई विजयी गराउन पोखरामा अभियान सञ्चालन गरिने भएको छ ।

त्रिवेणी संगीतालयका प्रवन्धक तथा प्रशिक्षक नवराज बरालले त्रिवेणी संगीतालयका प्रशिक्षार्थी अरुण सुनार गण्डकी प्रदेश कै एकमात्र प्रतिष्प्रधि वाल कलाकार भएकाले आफ्नो संस्थाले उनलाई जिताउन अभियान थाल्ने वताए।

सुनारकी आफन्त पूजा वि.क.ले पर्वत जिल्लामा जन्मेर पोखराबाट संगीतको भविष्य खोजिरहेका अरुण सुनार निर्णायक जुरी निर्णायक तथा दर्शक श्रोताहरुको मन जित्दै उत्कृष्ट टप सातमा परिसकेका अरुणलाई प्रथम वनाउन पारिवारिक सपोर्ट पनि रहेको बताइन्।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले त्रिवेणी संगीतालयमा प्रशिक्षण लिएका विद्यार्थीहरु देश भित्र तथा विदेशका विभिन्न मञ्चहरुमा आफ्नो प्रतिभा देखाइरहेका बताउँदै अरुण सुनारलाई जिताउँन अभियान थालेकोमा संगीतालयलाई शुभकामना दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ