arrow

चाल्स शोभराजलाई थुनामा राखिएकोबारे सरकारका नाममा कारण देखाउ आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
Chalrs-Sovraj.jpg

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्स शोभराज गुरुमुखलाई थुनामा राखिएको सम्बन्धमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपालमा विदेशी पर्यटकको हत्या गरेको अभियोग प्रमाणित भएपछि उनी जेलमा छन्।

विहीबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो । जगन्नाथदेवल कारागारमा थुनामा छन् । वृद्ध उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई रिहा गर्नुपर्ने माग शोभराजको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई हिजो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

‘सिरियल किलर’ को उपाधि पाएका शोभराजका तर्फबाट हिजो बुधबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर भएको थियो। पछिल्लोपटक उनले गत असोज १८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। लगत्तै देशभरका अदालत बडादसैंका कारण बिदा भएपछि सुनुवाइ रोकिएको थियो।  २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर भक्तपुरको मनोहरा खोलामा फालेको अनुसन्धानबाट प्रमाणित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ