-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सामान्य किसिमका मात्र तस्वीर खिच्न रुचाउने अभिनेत्री बर्षा शिवाकोटी एक साता यता ‘बोल्ड’ फोटोसुटका कारण चर्चामा छन् ।
तस्वीरकै कारण मिडियामा गसिपको पात्र बन्ने डरले सचेत रहँदै आएकी उनी यस पटक भने मंसिर–पुसको जाडोमा पनि निकै हट पोज दिएकी छन् ।
कहिले चर्को अभिव्यक्ति त कहिले प्रेम प्रशंगका कारण उनी मिडियामा गसिपको पात्र बन्ने गरे पनि पछिल्लो साता तस्वीरका कारण चर्चा रहेकी हुन् ।
शनिवार उनले इन्स्टा र फेसबुकमा ‘माया र चुम्बन’ भन्दै निलो रंगको परिहन लगाएर खिचेका तस्वीर पोस्ट गरेकी थिइन् ।
कुमबाट झरेको लुगा कुइनोसम्म आइपुगेको र छातीतर्फको भाग पनि धेरै खुलेको पहिरन लगाएर खिचेका तस्वीरले उनलाई चिसो मौसममा ‘हट एन्ड बोल्ड’ देखिएकी छन् ।
विभिन्न म्यूजिक भिडियोको कामले व्यस्त रहने उनका लक्का जवान’, ‘परदेशी २’, ‘मनसँग मन’ र ए साथी सुन’ प्रदर्शनको तयारीमा छ ।
