arrow

एक युवा खेलाडी र आमाको कथा समेटिएको ‘नचिनेको मान्छे’ भिडियोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
Naran-Nepali- Sarita-Giri-2.jpg

काठमाडौं । शहरको दुःख भोगाइ र संघर्षको विषयलाई लिएर एक युवा खेलाडी र आमाको कथा समेटिएको ‘नचिनेको मान्छे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुषोत्तम ढुङ्गेलको रचना तथा राजनराज शिवाकोटीको सङ्गीत संयोजन रहेर छ । भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन् । गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ । भिडियोमा आमा छोराको माया सद्भाव दर्साइएको छ जुन बसको सिटमुनी चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भर्याङमा बसेकी छन् । छोराले आमाको लागि नयाँ चप्पल किनेर ल्याईदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साईज नाप्छ । लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन ।

बसको सिटमुनी चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ । आमा निन्याउरी भएकी छन् । बिस्तारै छोराको कुममा ढल्छिन । हात छोराको काखमा झर्छ र छोरा ब्युँझिन्छ । आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ । छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफुले लगाएको भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ