काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम, जुम्लामा माइनस
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
424
Shares
तस्बिर– फाइल
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज २.६ डिग्री सेल्सियसमा झरेको छ । हिजो शुक्रबार ३.४ डिग्री मापन भएको थियो ।
एकै दिन एक डिग्री झर्दा थप चिसो महसुस भइरहेको छ । न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।
मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।
नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो । आज माइनस ५.३ डिग्री रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।