बिन्ती कुमार र ममताले ल्याए ‘चु सैं ङल’को भिडियो, भर्जिनियामा गरियो सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
369
Shares
काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।
भिडियो डिसेम्बर १२ तारिखका दिन आइतबार भर्जिनियाको सुन्दर शहर आसबर्नमा एक कार्यक्रमकाबीच तमु धीं भर्जिनियाको संयोजनमा सार्वजनिक गरिएको हो । गायक बिन्ती कुमार गुरूङको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको सुमधुर स्वर रहेको छ ।
पोखराकी सुन्दरी मोडल उर्मिला गुरूङ र मनोज गुरूङको सशक्त अभिनय रहेको गीतको छायांकन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको सुन्दर गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा छायांकन गरिएको हो ।
सार्वजनिक गीतमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवा युवतीहरुको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ ।
भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गरेका हुन् । टेकमान गुरूङको छायांकन तथा र नेत्र गुरूङको सम्पादन रहेको गीतको भिडियो तमु ल्होछार (पौष १५) तो ल्हो (बाघ वर्ग)को सुखद् आगमनको पूर्व सन्ध्यामा रिलिज गरिएसँगै यसलाई निकै महत्व र चासोका साथ हेरिएको छ ।