arrow

म्याग्दीको टोड्केमा बढ्न थाले पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
Todky myagdi.jpg

पोखरा । नाट्टा गण्डकी प्रदेश समितिले नाट्टा अवलोकन भ्रमण म्याग्दी र मुस्ताङ जिल्लाका पर्यटकीय स्थलहरुमा सम्पन्न गरेको छ ।

भ्रमण टोलीले म्याग्दी जिल्लाको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सीमामा रहेको पर्यटकीयस्थल टोड्के, थासाङ, लेते, टिटीतालको अवलोकन भ्रमण गरेको थियो । 

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदयसंगै धवलागिरी, अन्नपूर्ण नीलगिरी लगायतका एक दर्जनभन्दा बढी हिमाललाई नजिकबाट हेर्न सकिने टोड्के पर्यटकीय दृष्टिबाट प्रचुर सम्भावना छ । 

भ्रमण टोलीले म्याग्दीको बेनी र टोडकेका छलफल तथा अन्तरक्रियासमेत गरेको थियो ।

दैनिक एक सय जना भन्दा बढी बस्ने आवाससहितको पूर्वाधार निर्माण भएपछि पोखरा, काठमाडौं, बेनी र विद्यालयमा अध्ययनरत विद्यार्थीको समूह बस्ने गरी आउन थालेको बताइन्छ ।

रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा पर्यटकको चहलपहल बढाउन ऐतिहासिक स्वर्गद्वारी आश्रम, शिव मन्दिरको जीर्णोद्धार गर्न पूरातत्व विभागमा प्रस्ताव पेश गरिएको बताए ।

पर्यटकीय गाउँ झिँमा उद्यान बैगचा, झिँदेखि टोड्केसम्म पदमार्ग, सडकको स्तरोन्नति, उच्च स्थानको खेलमैदान निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्सी (नाटा) को टोलीले पर्यटन सम्भावना बोकेको टोड्केमा मौलिकता जोगाएर पर्यटन ब्यवसायलाई अघि बढाउन स्थानीयलाई आग्रह गरेका छन् । 

विदेशबाट पोखरा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन र नयाँ गन्तव्य पहिचान गर्न टोड्केलाई रोजेको नाटाका अध्यक्ष सञ्जय कान्त सिग्देलले बताए । 

उनले पर्यटकको लागि उपयुक्त गन्तव्य टोड्के रहेको बताउँदै प्रचार-प्रसार र सडक, पदमार्ग लगायतका पूर्वाधार पर्यटकको आकर्षण गर्ने किसिमले निर्माण गर्न सिग्देलले आग्रह गरेका थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले गाउँपालिका, स्थानीयबासी, होटल संचालकहरुको जागरुताले पर्यटन ब्यवसायलाई आय आर्जनको रुपमा विकास गर्न सकिने बताए । 

उनले जनप्रतिनिधि, होटल ब्यवसायी र स्थानीय मिलेर पुर्वाधार लगायतको क्षेत्रमा सहकार्यलाई प्रस्ताव लिएमा सहयोग गर्ने प्रतिवद्धता जनाउदै सडक स्तरोन्नती र पदमार्ग निर्माण गर्दा, चौतारी, बगंैचा, सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माणमा ध्यान दिन गाउँपालिकालाई सुझाव दिएका थिए । 

बेनीदेखि अथुङ्गे, तोरापानी पात्लेखेत झिँ हुँदै टोड्के, धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गरेर घतान र बेनी पुलाचौर डडुवा, पूर्णगाउँ हुँदै सडक सुविधा प्रयोग गरेर करिव साढे दुइ घण्टामा पर्यटक त्यहाँ पुग्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ