सलमानका बडिगार्डले लिए कटरिना–विक्कीको बिहेमा सुरक्षा जिम्मा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
1.1k
Shares
काठमाडौं । भारतीय चर्चित अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल बिहेका लागि बिहेस्थल पुगेका छन् । उनीहरु हिजो राति परिवारका साथमा राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट पुगेका हुन् । उनीहरुको बिहीबार बिहे हुँदैछ ।
उनीहरुको बिहेका लागि बलिउड दबंग स्टार सलमान खानले सघाइरहेका छन् । कटरिनालाई बलिउडमा स्थापित गर्न सघाएका सलमानसँग उनी शुरुआतदेखि नै जोडिएकी थिइन् ।
अहिले सलमानले नै उनीहरुको बिहेका लागि साथ दिइरहेका छन् । विवाहस्थल सुरक्षाको जिम्मासमेत सलमानका बडिगार्ड शेराले लिएका छन् । शेराको सेक्युरिटी कम्पनी ‘टाइगर सेक्युरिटी’ मार्फत उनले जिम्मा लिएका हुन् ।
विवाहमा कडा सुरक्षा रहने छ । पहिलो सुरक्षा चेकिङ होटलभित्र छिर्ने गेटमा र दोस्रो चेकिङ हल भित्र छिर्ने गेटमा बनाइएको छ । पुलिस, निजी बाउन्सर्स र होटलका सुरक्षाकर्मी तैनाथ हुनेछन् । कोरोना भाइरसलाई मध्यनजर गरेर अतिथिको तापक्रम पनि मापन गरिने छ ।
यस्तो छ बिहेको तालिका–
७ डिसेम्बरमा संगीत सेरेमनी
८ डिसेम्बरमा स्थानीय समयअनुसार ११ बजे हल्दी कार्यक्रम
८ डिसेम्बर राति आफ्टर पार्टी
९ डिसेम्बरमा दिउँसो १ बजे सेहरा बन्दी
९ डिसेम्बर ३ बजे बिहेको मण्डपमा पुग्ने
९ डिसेम्बर साँझ सात फेरा
९ डिसेम्बर राति ८ः३० बजेदेखि १ बजेसम्म डिनर ।