arrow

अमेरिकाबाट बिन्ती कुमारले ल्याए  ‘होई मेरो संसार’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
binti-kumar.png

काठमाडौं । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन् ।

अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीत-संगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय हुन थालेकी छिन् । संगीतकार शर्माकी पत्नि समेत रहेकी शान्ताले यसअघि पनि कहाँ होला काठमाडौं (कर्णालीलाइ समर्पित अत्यन्तै मनछुने गीत)मा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन् ।

संगीतकी विद्यार्थी समेत रहेकी शान्ता यो गीत रिलिज गरेसँग थप उत्साहित छिन् । सार्वजनिक गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा गाउँबाट शहर जान खोज्ने प्रेमी र उनलाई रोक्ने प्रेमीकाको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

जसमा टिकटकबाट चर्चा कमाएका सरोज प्रजा र विना राउतले कमालको अभिनय गरेका छन् । साथै भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ