arrow

भारत, अमेरिका र इङ्गल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
parliament

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले इङ्गल्याण्ड, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई इङ्गल्याण्ड, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । 

सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । 

संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ