arrow

दुई विषयमा ए प्लस ल्याउँदै बाह्र पास भइन् करिश्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
karishma mandhar.jpg
तस्बिर– फाइल

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले बताइन् । 

‘म दुईवटा विषयमा ए प्लस ल्याएर पास भएँ’ । तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ, उनले भनिन् । गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज) मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ 

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । 

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । (न्यूज कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ