arrow

सर्वोच्चमा गोलाप्रथा प्रणाली लागू 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
supreme-court-nepal.jpg.jpeg

काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रथा प्रणालीमार्फत पेशी तोकिने भएको छ । आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू हुने निर्णय भएको हो । 

प्रधानन्यायाधीशको तजबीजमा चल्दै आएको पेशी तोक्ने अधिकार कटौटी गर्दै मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोकिने भएको हो । सर्वोच्चका असन्तुष्ट १९ जना न्यायाधीशको आज बसेको बैठकले गोलाप्रथा प्रणालीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।


यसअघि बसेको फुलकोर्टले गोलाप्रथा लागू गर्ने गरेको निर्णय आगामी बुधबारबाट कार्यान्वयनको लागि सूचना प्रकाशन लगायतका आवश्यक तयारी गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ । 

गोलाप्रथा लागू गर्ने निर्णय गरेका न्यायाधीशहरुको समूहले बिहीबार २ बजे फुल कोर्ट बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन कायमै रहँदा न्यायाधीशहरुले गोलाप्रथामा जोड दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ