arrow

भ्वाइस अफ नेपाल फेम्ड आर्यन तामाङको स्वरमा 'शीतल जुन' सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
saaann.JPG

काठमाडौँ । गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको प्रेमिल शैलीको बिलकुलै नयाँ म्युजिक भिडियो 'शीतल जुन' सार्वजनिक भएको छ। 

मायालु जोडीहरूको भावनालाई समेटेर लेखिएको गीतमा एक अर्काको साथ बिना जिन्दगी सुन्दर हुँदैन थियो भन्ने भाव व्यक्त गरिएको छ। 

यस गीतमा युवा पुस्ताका चर्चित गायिका अस्मिता अधिकारी र भ्वाइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ। गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। 

युवा युवती बिचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दीपक घिमिरे र पूजा ठाकुरलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। 

होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ