arrow

एबीले लिए सबै किसिमका क्रिकेट खेलबाट संन्यास, आईपीएल पनि नखेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
AB-de-villier.jpg

काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले सबै किसिमका क्रिकेट खेलबाट संन्यासको घोषणा गरेका छन् ।शुक्रवार उनले सामाजिक सञ्जालमा एक लामो पोस्ट लेख्दै क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

सदाबहार महान् क्रिकेटर मध्येका एक एबीले भनेका छन्, 'एक अविश्वसनीय यात्राबाट मैले अवकाश लिने निर्णय गरेको छु ।' 

'दाजुभाइसँग घरपछाडिको आँगनमा खेलेदेखि नै पूर्ण आनन्द र बेलगाम उत्साहका साथ खेलेको उनले बताएका छन् ।' उनले भनेका छन्, 'अहिले ३७ वर्षको उमेरमा त्यो ज्वाला अब त्यति चम्किलो रूपमा जल्न छाडेको छ। यो वास्तविकता हो जुन मैले स्वीकार गर्नुपर्छ र अचानक जस्तो निर्णय लागे पनि मैले आज यो घोषणा गर्दैछु ।'

महान् क्रिकेटर भिलियर्सले १ सय १४ टेस्ट, २ सय २८ एक दिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस्तै विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग आईपीएलमा उनले १८४ खेल खेलेका छन् ।

आफ्ना हरेक टिम मेट, विपक्षी, प्रशिक्षक, फिजियो र प्रत्येक कर्मचारी सदस्यलाई धन्यवाद दिँदै उनले अब बाँकी समय आफ्नो परिवारका लागि बिताउने बताएका छन् ।

परिवारकै साथ र सहयोगले आफू यहाँसम्म आइपुगेको स्मरणसमेत उनले गरेका छन् ।

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ