७० दिनमा सकियो 'प्रेमगन्ज' को छायाङ्कन, लगानी दुई करोड माथि
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
345
Shares
काठमाडौँ । निर्देशक परिच्छेद सेनको चलचित्र 'प्रेमगन्ज'को सम्पूर्ण छायाङ्कन समाप्त भएको छ । गत वर्ष वैशाख देखि सुरु भएको चलचित्रको छायाङ्कन यही मङ्सिर एक गते समाप्त भएको हो । पहिलो लकडाउन सकिए सँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्थगित भएको थियो ।
देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो ।
लकडाउनका कारण सबै प्राविधिक कलाकार काम विहीन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोस्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राविधिक माथि दुई करोड लगानी गर्यो । अर्थात् चलचित्रमा दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राविधिकलाई राहत प्रदान गर्यो ।
छायाङ्कनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक 1.6 मिनेटका दरले छायाङ्कन भएको थियो । चलचित्रको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।
बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रशान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाँल हुन । चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँदै छ ।