arrow

कानून व्यवसायीलाई सर्वोच्च जान रोक्यो प्रहरीले

प्रहरी र वकिलबीच धकेलाधकेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
suprim_cort.jpg

काठमाडौं । प्रहरीले सर्वोच्च अदालतमा धर्ना बस्न लागेका नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका कानून व्यवसायीहरुलाई प्रवेशमा रोक लगाएको छ ।

प्रदर्शनका क्रममा सर्वोच्च प्रवेश गर्न लागेका कानुन व्यवसायीहरुलाई प्रहरीले बाक्लो सुरक्षा घेरा हाल्दै प्रवेशमा रोक लगाएको हो। दुवै बार संगठनले आजबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको आन्दोलन कडा बनाउने बताएका थिए ।

बार एसोसिएसनले प्रधानन्यायाधीशलाई राजीनामा गर्नका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ। सो समयभित्र राजीनामा नदिए बारले आन्दोलनलाई सशक्त बनाउने निर्णय बिहीबार नै गरेको छ।

प्रधानन्यायाधीश जबरा भने अझै पनि राजीनामा दिनु मुडमा छैनन् । आजबाट प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा सहभागिता जनाउन उपत्यका भित्रका बार इकाइका कानून व्यवसायीहरु सर्वोच्च परिसरमै आएका छन् । उनीहरु अहिले नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय अगाडि आआफ्नो व्यानरसहित भेला भएका छन् ।

बिहीबार सर्वोच्चको फुल कोर्टले प्रधानन्यायाधीशको सहभगिता बिना नै नियमावली संसोधन गर्दै आइतबारबाट मुद्धाको सुनुवाइ गोलाप्रथाबाट गर्ने गरी कार्यविधि पास गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ