arrow

राप्रपा महाधिवेशन सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
Raprapa-3leader.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सरेको छ। राप्रपाको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अन्तर्गत महाधिवेशन प्रतिनिधि छनोट गर्न दाबी विरोधका लागि समय अपुग हुने भन्दै केही दिन महाधिवेशन सार्न आग्रह गरेपछि राप्रपाले महाधिवेशन १५, १६ र १७ मंसिरका लागि सारेको हो ।

राप्रपाको महाधिवेशन मुल आयोजक समितिका संयोजक तथा व्यवस्थापक प्रमुख ध्रुवबहादुर प्रधानले निर्वाचन समितिको आग्रहपछि अध्यक्षत्रयको बैठकले महाधिवेशन सार्ने निणर्य गरेको जानकारी दिए । यसअघि राप्रपाले ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्ने निणर्य गरेको थियो ।

निर्वाचन समितिको आग्रहपछि बिहीबार राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको संयुक्त बैठक बसेको थियो । राप्रपाले केन्द्रीय महाधिवेशनसँगै प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति पनि सारेको छ । जसअनुसार ३ देखि ५ मंसिरसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गरेर ६ देखि ८ मंसिरसम्म पुर्याइएको छ ।

राप्रपाले यस पटक सक्रिय सदस्यबाटै महाधिवेशन प्रतिनिधि चयन गरेर पार्टीको नेतृत्व छान्दै छ । प्रधानका अनुसार देशभरका एक लाख ४० हजार सक्रिय कार्यकर्ताको नामावली प्रत्येक जिल्लामा पठाइसकिएको छ । तिनीहरुमध्येबाटै ४ हजार ७०० महाधिवेशन प्रतिनिधि छनोट भइ काठमाडौं आउने छन् ।

सक्रिय कार्यकर्ताको परिचयपत्र सम्बन्धित जिल्लाहरुमा पठाइसकिएको छ । प्रतिनिधिहरु जनसंख्याको आधारमा छनोट गरिने छ । एक क्षेत्रबाट अधिकतम ३२५ तथा पहाडी जिल्लाबाट १७५ जनासम्म हुनेछन् । यसपालि महिलाको संख्या बढी नै हुने नेता प्रधानले बताए ।

उनले ३३ प्रतिशत अनिवार्य र खुलाबाटसमेत आउने सम्भावना रहेकाले ३३ प्रतिशत बढी नै हुने उनको भनाइ छ।

दलित, जनजाति लगायतको संख्या पनि यथोचित तोकिएको छ। उनले हाम्राकुरासँग भने, ‘निर्वाचन आयोगले तोकेअनुसार नै प्रतिनिधिहरु आउने छन् ।’

राप्रपाको महाधिवेशनमा डेढ लाख सक्रिय कार्यकर्ताबाट ४७ सय प्रतिनिधि आउने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ