arrow

सर्वोच्चको फुल कोर्टले के गर्‍यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
suprim_cort.jpg

काठमाडौँ। सर्वोच्च अदालतमा न्यायाधीशहरूको पूर्ण बैठक बसेको छ। सर्वोच्च अदालतको भाषामा सो बैठकलाई ‘फुल कोर्ट’ भन्ने गरिन्छ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरू प्रधानन्यायाधीशलाई सहभागी नगराई फुल कोर्टमा बसेका हुन्। सो फुल कोर्टले सर्वोच्च अदालत नियमावलीको नियम २० संशोधन गरेको छ भने गोला प्रथाको कार्यविधि पास गरेको छ।

सो नियमावली अब राजपत्रमा प्रकाशित गर्नका लागि प्रक्रियामा लगिने सर्वोच्च स्रोतले बताएको छ। 

सो नियमावली प्रकाशित भएपछि आइतबारबाट नियमित रूपमा गोला प्रथाबाट मुद्दाको पेसी तोकिने बताइएको छ। कार्यविधि अनुसार न्यायाधीशहरुले गोलाप्रथाद्धारा मुद्दाको सुनुवाइ गर्ने छन्। फुल कोर्टले गरेको यो निर्णयसँगै न्यायको फैसलामा हुँदै आएको अवरोध हट्ने भएको हो।

फुल कोर्टले गरेको सर्वोच्च अदालतको नियमावली संशोधन र गोला प्रथाको कार्यविधिको निर्णय मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमक्ष पठाइने स्रोतले जनाएको छ। जबराले हस्ताक्षर गरेपछि सो निर्णय कानुन मन्त्रालय लैजानु पर्नेछ।

तर प्रधानन्यायाधीशको राजीनामाको माग भने यथावत् राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ