arrow

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
nepal-bar-andolan.jpg
फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विहीबार पनि प्रदर्शन भएको छ । कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश छिर्ने गेटमा प्रदर्शनकारीले अवरोध गरेपछि कानुनव्यवसायी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । सो क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायीहरु घाइते भएका छन् ।

विहान १० बजे नै अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीले प्रधानन्यायाधीशलाई गेट भित्र पस्न अवरोध गर्ने प्रयास गरेका थिए । सो क्रममा प्रहरीले आन्दोलनकारीलाई धकेलेर हटाउन खोज्दा घम्साघम्सी भएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग राख्दै  तीन सातादेखि नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ