arrow

सीसीएमसी खारेज : बालानन्द शर्मा पदमुक्त, सिसिएमसिसी गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
balananda-sharma-ccmc-ceo.jpg
फाइल तस्बिर

काठमाडौं। सरकारले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गरेको छ। सरकारको यो निणर्यसँगै सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पदमुक्त भएका छन्।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सीसीएमसी वर्तमान सरकारले खारेज गरेको हो।

सरकारले सीसीएमसीलाई पुर्नगठन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा कोभिड- १९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी) गठन गरेको बताएको छ। सो समितिमा ५३ जना सदस्य छन्।

सरकारले सिसिएमसी गठनसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै सीसीएमसीको वैधतामाथि प्रश्न उठ्न थालेपछि खारेजीको निणर्य गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक उच्च तहका कर्मचारीले हाम्राकुरालाई जानकारी दिए।

गत ५ जेठमा ल्याइएको कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार तत्कालिन सरकारले सिसिएमसी गठन गरेको थियो।

गत ३१ भदौमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश निष्क्रिय भएको थियो। व्यवस्थापिका संसदको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश संसद्ले स्वीकृत नगरे स्वतः निष्क्रिय हुने प्रावधान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ