arrow

६ न्यायाधीश आन्दोलनबाट अलग : इजलासमा फर्किए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
suprim_cort.jpg

काठमाडौँ। सर्वोच्चको विवादमा प्रधानन्यायाधीशविरुद्ध उभिएकामध्ये ६ जना न्यायाधीश आन्दोलनबाट अलग भएर इजलासमा फर्किएका छन्।

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन र सर्वोच्च बारको नेतृत्वमा भइरहेका आन्दोलनका कारण विगत तीन सातायता मुद्धाको सुनुवाइ प्रभावित हुँदै आइरहेको छ। त्यसयता न्यायाधीशहरू पनि आन्दोलनमा उभिँदै आइरहेका थिए।

तर लामो समयसम्म अदालतमा आन्दोलन हुँदा जनताले न्याय पाउने नसकेको र न्याय नै प्रभावित भइरहेको भन्दै यस्तो अवस्था लामो समयसम्म लैजान ठिक नहुने निष्कर्षसहित ६ जना न्यायाधीश आन्दोलनबाट अलग हुने निर्णयमा पुगेका हुन्। यो निर्णयसँगै उनीहरू नियमित रूपमा इजलासमा फर्किन तयार भएका छन्।

यस्तो निर्णय लिने न्यायाधीशहरूमा तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुङ्गाना, कुमार चुँडाल र मनोज शर्मा छन्।

यो निर्णय लिएकाहरू मध्ये तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुङ्गाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको संयुक्त इजलासमा अहिले सुनुवाइ जारी छ।

यी मध्ये न्यायाधीश प्रकाश ढुङ्गाना बाहेकले हिजो सोमबार नेपाल बारसँग भएको छलफल पनि बहिष्कार गरेका थिए। आज भने ढुङ्गाना पनि सोही कित्तामा उभिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ