arrow

सर्वोच्चमा आज पनि प्रदर्शन : राजीनामा नै सर्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
suprrim.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका कानुन व्यवसायीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।

विगत तीन सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइरहेका कानुन व्यवसायीहरू दुई सातायता भने प्रदर्शनमा नै उत्रिँदै आइरहेका छन्।

उनीहरूले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउँदै आइरहेका छन्।

कानुन व्यवसायीहरूको प्रदर्शनलाई रोक्न सर्वोच्च परिसर भित्र र बाहिर बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

सोमबार प्रधानन्यायाधीश जबराले बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गर्दै विज्ञप्ति नै जारी गरेका थिए। तर बार एसोसिएसनले भने राजीनामालाई नै सर्त बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ