arrow

विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई, गठबन्धनका सांसदहरु एकै होटलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
rajendra-rai.jpg
तस्वीर–फाइल ।

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । उनले मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । 

सत्ता संचालनमा सहभागी पाँच दलीय गठबन्धनसँग बहुमत भए पनि सांसदहरु चोरिने सम्भावनालाई मध्यनजर गर्दै सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा राखिएको बुझिएको छ । 

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले नै गठबन्धनका सांसदहरुलाई एकै ठाउँमा राख्न निर्देशन दिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गठबन्धनका सांसदहरु फकाउने सम्भावना रहेको भन्दै गठबन्धन सतर्क भएको हो । 

प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ः३० बजेलाई डाकिएको छ । ९२ सदस्यीय प्रदेशसभामा पाँच दलीय गठबन्धनका ५० सांसद छन् । विश्वासको मत पाउन ४६ सांसद भए पुग्नेछ । 

गत कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मतका लागि गत २८ गते आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ