arrow

सर्वोच्चमा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
supreme-court-long.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा सोमवार बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।
 
न्यायाधीशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकाणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले पनि बन्दीको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश राणाको एकल इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । अरु न्यायाधीशको इजलासमा भने हेर्न नभ्याइने र बेञ्च नबसेको जनाइको छ । प्रधानन्यायाधीश राणाले सोमवारका लागि दश इजलासमा पेसी तोकेका थिए । तीमध्ये आठ  संयुक्त र दुई एकल इजलास रहेको छ । आठमध्ये दुई संयुक्त र एउटा एकल इजलासमा सुनुवाइ भएको हो ।
 
 सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदैआएका छन् । 

प्रधानन्यायाधीश राणाले सोमवार प्रेस विज्ञप्ति जारी गरी न्यायालयमा देखिएको अहिलको समस्या समाधान गर्न बारलाई वार्तामा आउन आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ