arrow

सर्वोच्च अस्तव्यस्त, कानून व्यवसायीको प्रदर्शन, प्रधानन्यायाधीशको पक्षमा विपक्षमा नारा लगाउने प्रहरीको नियन्त्रणमा 

सोमबारका पेशी सबै स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
andolan-supreme-court.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको कानून व्यवसायीहरुको आन्दोलनका कारण सर्वोच्च अदातल अस्तव्यस्त बनेको छ । उनीहरुले सोमबार पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।

बारको भवनमा ब्यानरसहित भेला भएका व्यवसायीहरु नाराबाजी घन्काउँदै सर्वोच्चमा छिरेका थिए । नेपाल बार र सर्वोच्च बारका मात्र नभई प्रदर्शनमा उपत्यकाभित्रका सबैजसो अदालतका बारका कानून व्यवसायीहरु सहभागी भएका छन् । 

प्रधानन्यायाधाीश जबरालाई सर्वोच्चभित्र छिर्न नदिने कानून व्यवसायीहरुको योजना भने प्रहरीले विफल पारिदिएको छ । महान्यायाधीवक्ताको कार्यालयको गेटबाट छिर्दै आएका जबरालाई रोक्न त्यहाँ पनि कानून व्यवसायीहरुले धर्ना दिन खोजेका थिए ।

उनीहरुलाई प्रहरीले मूलद्वार अगाडि नै घेरामा राखेको छ । 

सोमबार पनि प्रधानन्यायाधीश जबराको पक्ष र विपक्षमा नारा घन्किएको छ । प्रदर्शन गर्ने दुवै समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीले कानून व्यवासायीको माइकसमेत खोसिदिएको छ । 

अहिले सर्वोच्च वरिपरिको स्थिति अस्तव्यस्त छ । व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । ट्राफिक जामले सडक व्यवस्थापनसमेत अस्तव्यस्त रहेको छ । 

यसैबीच सोमबारका पेशी सबै स्थगित गरिएको अदालतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ