बाँकेको नरैनापुरमा बाघ आतङ्क, आक्रमणमा एकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
638
Shares
नेपालगन्ज । बाँकेको नरैनापुरमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघले गाईलाई पनि आक्रमण गरेको छ । बाघको आक्रमणबाट गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।
२५ गते गाई चराउन जङ्गल गएका गडरिया नफर्केपछि स्थानीयले खोजतलास गरेका थिए । तर, उनी कतै नभेटिएपछि आफन्तले हिजो इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्दा गए राती जङ्गलमा गडरिया र एउटा गाई मृत भेटिएका थिए । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।
नरैनापुरको पर्यटक स्थल गोवर्द्धन धामदेखि ५ किलोमिटर पूर्वतिर जङ्गलमा गडरियाको शव फेला परेको हो । उनको पिठ्युँको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले बताए । बाघले एउटा गाई समेत मारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताए ।
प्रहरीले गडरियाको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाइसकेको जनाएको छ । बाँकेको राप्तीसोनारीस्थित गाभरमा केही समय अघि मात्रै बाघको आक्रमण